माडी, चितवन । आउँदो माघ २६ गतेबाट सञ्चालन हुनलागेका माडी क्रिकेट कप (राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता)का लागि स्थानीय खेलाडी उत्पादन र छनौटका उद्देश्यले माडीमा क्रिकेट प्रतियोगिता सञ्चालन सुरु भएको छ ।
छनौट प्रतियोगिता अन्तरगत बुधबार कल्याणपुर क्रिकेट क्लब र प्रतिभा युवा क्लबबिच स्पर्धा भएकोमा कल्याणपुर विजयी भएको छ । टस जितेर ब्याटिङ रोजेको कल्याणपुरमा २० ओभरमा सबै विकेट गुमाउँदै २११ रन बनाएको थियो । जवाफी व्याटिङमा उत्रँदा प्रतिभाले २० ओभर खेल्दै ९ विकेटको क्षतीमा १६८ रनमात्रै बनाउन सक्यो ।
खेलको म्यान अफ द म्याच कल्याणपुरका लागि ४१ रन जोडेका पुजन खड्का घोषित हुनुभयो । बिहीबार (भोलि) बसन्तपुर युथ क्लब र देबेन्द्रपुर क्रिकेट क्लबबिच खेल हुनेछ । बसन्तपुर युथ क्लबको आयोजनामा बसन्तपुर हिल एरियास्थित खेल मैदानमा सो छनौट खेल प्रतियोगिता सञ्चालन भएको हो ।