मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

स्वदेशपोष्ट विशेष

माडीको अयोध्यापुरी महिला साना किसान कृषि सहकारीको कम्प्युटर र सिसिटिभीमा आगजनी

  • A
  • A+
  • A++

माडी, चितवन । अयोध्यापुरी महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडमा गएराती आगजनी भएको छ । सहकारीको कार्यालयमा रहेको कम्प्युटर, सिसिटिभी क्यामेराका सामान र हार्डडिस्क (व्याकअप) लगायतका सामानहरुमा आगजनी भएको हो ।

विज्ञापन १

अपरिचित व्यक्तिले सहकारी रहेको घरपछाडीबाट ढोका फुटाई २ वटा डेस्कटप कम्प्युटर, सिसिटिभीका सामानहरु र हार्डड्राइभ सहकारीको कार्यालय पछाडी टहरामा रहेको चुल्होमा राखी जलाएको हो । घटनाको अनुसन्धान सुरु भएको माडी प्रहरीले जनाएको छ ।

विज्ञापन २

सो सहकारीमा गत २०८० फाल्गुन २० गते आइतबार चोरी भएको थियो । चोरीको आरोपमा पक्राउ परी सजाय भुक्तान गरेका व्यक्ति जेलबाट छुटेर आएको केहि दिनमै सहकारीका सामानहरुमा आगलागी भएको हो ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया