मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

माडी (स्थानीय) खबर पोष्ट

जनकल्याण मा.वि.को ३५औं बार्षिकोत्सव, पूर्व लेखापाल र उत्कृष्ट शिक्षकहरू सम्मानित

  • A
  • A+
  • A++

माडी, चितवन । माडीको कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालयको ३५औं बार्षिकोत्सवका अवसरमा पूर्व लेखापाल हरिप्रसाद पौडेल सम्मानित हुनुभएको छ ।

विज्ञापन १

त्यस्तै बर्ष शिक्षक २०८० का रुपमा अमृत गायक, शतप्रतिशत नतिजा दिलाउन सफल शिक्षकका रुपमा सम्झना शर्मा र सबैभन्दा कम (१ दिनमात्रै) बिदामा बस्नुभएका शिक्षक सुवास बुढालाई पनि सम्मान गरिएको छ ।

विज्ञापन २

विद्यालय प्राङ्गणमा शनिवार सम्पन्न बार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिका रुपमा बागमती प्रदेशसभा सदस्य हरिप्रभा खड्गी र विशिष्ट अतिथि रहँदै बागमती प्रदेशसभा सदस्य ठाकुर ढकाल एवं माडी नगरप्रमुख ताराकुमारी काजी महतोले उहाँहरुलाई सम्मानित गर्नुभएको हो ।

विज्ञापन ३

यसबाहेक उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र अक्षयकोष दाताहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयको स्काउट ट्रुपले कवाज प्रदर्शन गरेको थियो भने शिक्षक समूह साथै विद्यार्थीहरुले साँस्कृतिक प्रस्तुति समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया