मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

चितवन खबर पोष्ट

बागमती प्रदेशका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले गृहिणी भत्ताको व्यवस्था हुनुपर्नेमा जोड

  • A
  • A+
  • A++

माडी, चितवन । बागमती प्रदेशका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले गृहिणी भत्ताको व्यवस्था हुनुपर्नेमा जोड दिनुभएको छ ।

विज्ञापन १

माडीको कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालयको ३५औं बार्षिकोत्सव समारोहमा प्रमुख अतिथिका रुपमा बोल्दै मन्त्री खड्गीले घरघरमा रहेका गृहिणीहरुको उत्थानका निम्ति गृहिणी भत्ताको व्यवस्था हुनुपर्ने र आफूले बागमती प्रदेशका पालिकाहरुसंग समन्वय गरी सो कार्यक्रम सुरु गर्न लागेको बताउनुभएको हो ।

विज्ञापन २

विगतमा सर्बमान्य नेता गणेशमान सिंहको आग्रहमा तात्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले बृद्धभत्ताको कार्यक्रम सुरु गरेको जानकारी दिँदै मन्त्री खड्गीले आफू नेतृत्वको बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले सामुदायिक विद्यालयहरुको गुणस्तरीय विकासलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।

विज्ञापन ३

कार्यक्रममा विशिष्ट अतिथिका रुपमा बोल्दै कार्यक्रमका प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकालले कृषि, बिज्ञान र प्रविधिगत शिक्षामा जोड दिनुभयो । बार्षिकोत्सवका अवसरमा सम्मानित शिक्षक, अभिभावक र कर्मचारीहरुलाई बधाई दिँदै उहाँले आफू संधै विद्यालय परिवारसंगै रहेको र रहिरहने उहाँको भनाई थियो ।

त्यसैगरी विशिष्ट अतिथिकै रुपमा बोल्दै माडी नगरप्रमुख ताराकाजी महतोले बलौटे चौरमा स्थापित भएर पनि सो विद्यालय अहिले हराभरा भएको र नगरको नमुना विद्यालयमा दर्ज भएको बताउनुभयो । विद्यार्थीहरुले कागजमा नभई जिवन व्यवहार, संस्कार र सिकाईमा राम्रो जि.पि.ए. ल्याउनुपर्ने उहाँको अभिव्यक्ति थियो ।

तपाईको प्रतिक्रिया