धर्म-संस्कृति पोष्ट

माडीको रेवा त्रिवेणी धाममा मकर स्नान सहितको एकदिने मकर संक्रान्ति उत्सव लाग्ने

माडी, चितवन । माडीको दिवानगरस्थित रेवा, परुई र टुनामुना नदीको संगमस्थल, रेवा त्रिवेणी धाममा यसबर्ष पनि मकर स्नान सहितको एकदिने मकर संक्रान्ति उत्सव लाग्ने भएको छ ।

हरेक बर्षझैं माघे संक्रान्तिको अवसर पारी हुँदै आएको सो उत्सव अन्तरगत यसबर्ष माडीस्तरीय भजन प्रतियोगितासंगै माघी स्थान कार्यक्रम आयोजना गरिएको रेवा त्रिवेणी धाम निर्माणका अभियन्ता एवं माडी ७ का वडा सदस्य ढाकामोहन तिमिल्सिनाले बताउनुभयो ।

मकर संक्रान्ति उत्सव (मेला) व्यवस्थापनका लागि भागिरथ काफ्‌लेको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरी तयारी अगाडि बढार्ईएको तिमिल्सिनाले जानकारी दिनुभयो । धार्मिक तथा पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास हुँदै गएको रेवा त्रिवेणी धाममा पछिल्लो समय हरेक बर्ष उल्लेख्य दर्शकहरुको सहभागिताबिच मकर संक्रान्ति मेला लाग्दै आएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार