सोमबार स्थानीयबासीहरुको एक समूहले माडी नगरप्रमुख ताराकुमारी काजी महतोलाई दोश्रो ध्यानाकर्षण पत्र बुझाउँदै आउँदो पौष २१ गतेभित्र बाटो खुला नगरे नगरपालिकाको प्राङ्गणमा उपस्थित भई तालाबन्दी गर्ने चेतावनी दिएको हो । माडीको पर्यटकीय पूर्वाधारका रुपमा चितवन राष्ट्रिय निकुञ्ज र दक्षिणी सामुदायिक वनहरुको छेवैबाट निर्माणाधीन पर्यटनमार्ग स्थानीय एक परिवारको अवरोधका कारण विगत एक दशक बढी समयदेखि अपुरो रहेको हो ।

सडक खुलाउन चितवन जिल्ला अदालतले समेत आदेश जारी गरेको भएपनि बाटो खुलाउन खोजिएको स्थानको जमीन भोगचलन गरेको परिवारको अवरोधका कारण अलपत्र रहेको छ । अवरोधक परिवारले भने बाटो निर्माणकार्य सल्लाहमा हुनुपर्ने र बलजफ्ती कसैको जमीनमा बाटो बनाउन नपाइने जिकिर राखेको छ ।

माडी, चितवन । माडी-१, चैनपुरस्थित पर्यटनमार्ग (चक्रपथ सडक) मा निर्माण बाँकी रहेको १५० मिटर खण्ड एक साताभित्र नखुलाए नगरपालिकामा तालाबन्दी गर्ने स्थानीयले चेतावनी दिएका छन् ।