मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

माडी (स्थानीय) खबर पोष्ट

माडीको सिमरा गाउँमा बाख्रा मारेको बाघ फलामे पासोमा परी नियन्त्रणमा (भिडियो सहित)

  • A
  • A+
  • A++

माडी, चितवन । माडी-३, सिमरा गाउँमा बाख्रा मारेको बाघ नियन्त्रणमा आएको छ । सोमबार राती चितवन राष्ट्रिय निकुञ्जबाट निक्लिएर सिमरा गाउँमा प्रवेश गरेको पाटेबाघले सोही गाउँनिवासी भोजराज पावेको खोरमा रहेका ३ वटा बाख्रा मारेको थियो । राती करीब ९ बजे बाख्राको रगत खाएको बाघ सोही खोरमा राती केहि घण्टासम्म सुतेको बाघलाई स्थानीयले धपाएका थिए ।

विज्ञापन १

घटनाको भोलिपल्ट मंगलबार राती चितवन राष्ट्रिय निकुञ्जले खटाएको हात्तीसहितको प्राविधिक टोलीले बाघ नियन्त्रणमा लिने प्रयासमा खोरभित्र बाख्रा हालेर पासो थापेको थियो । आफूले मारेको शिकार खान बाघ पुनः सोही गोठमा फर्किने अनुमान गर्दै प्राविधिकहरुले सो पासो थापेका थिए । प्राविधिकहरुको अनुमान अनुसार नै बाघ राती ११ बजे सिमरा गाउँ प्रवेश गरी सो खोर (पासो)भित्र प्रवेश गरेसंगै नियन्त्रणमा आएको हो ।

विज्ञापन २

विज्ञापन ३

तपाईको प्रतिक्रिया