मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

माडी (स्थानीय) खबर पोष्ट

माओवादी केन्द्रको माडी नगर समितिमा चेपाङ, मुस्लिम, मधेशी र अपांगको उपस्थिति शुन्य

  • A
  • A+
  • A++

माडी, चितवन । समानुपातिक समावेशिताको नारा चर्को रुपमा अगाडि सार्ने नेकपा (माओवादी केन्द्र)को माडी नगर समिति भने त्यसको बिपरित ब्राह्मण क्षेत्री समुदायको दुई तिहाई प्रतिनिधित्वयुक्त बनेको छ । कूल ५५ सदस्यीय नगर समितिमा सो समुदायबाट मात्रै ३५ जना (करीब ६४ प्रतिशत) सदस्य रहेका छन् ।

विज्ञापन १

समितिमा चेपाङ, मुस्लिम, मधेशी, अपांगता भएका र अन्य अल्पसंख्यक समुदायको उपस्थिति शुन्य रहेको छ । माडीको आधाभन्दा बढी जनसंख्या समेटेको थारु समुदायको प्रतिनिधित्व ५ जना (९ प्रतिशत) मात्रै रहेको छ । महिला सहभागिता पनि एक तिहाई पुग्न सकेन। नगरमा १५ जनामात्रै (करीब २७ प्रतिशत) महिला अँटेका छन् भने बोटे र गुरुङ समुदायबाट १/१ जनामात्रै समेटिएका छन् । दलित समुदायको सहभागिता भने १३ जना (करीब २४ प्रतिशत) रहेको छ ।

विज्ञापन २

नगर समितिमा अपांग लगायत लक्षित वर्गलाई नसमेटिनु गलत भएको अपांग समुदायबाट नगर सम्मेलन प्रतिनिधि यमबहादुर अधिकारीको भनाई छ । समितिमा चेपाङ समुदायबाट प्रतिनिधित्व नभएको भन्दै सम्मेलनको हलमा असन्तोष व्यक्त भएको थियो । तयस्तै, सम्मेलनको निर्वाचन विधिप्रति नै पनि केहि सम्मेलन प्रतिनिधिले बिरोध गरेका छन् । माडी १ बाट सम्मेलन प्रतिनिधि रहनुभएका अर्जुन पाठकले वडाबाट चुनिएका सबैले खुला मतदानबाट नगर समिति चयन गर्न पाउनुपर्ने माग गर्नुभएको हो ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया