

पौष २०, माडी । नेपाल रेडक्रस सोसाईटी अयोध्यापुरी उपशाखाको सभापतिमा भरत घिमिरे चयन हुनुभएको छ । उपशाखाको २७औं वार्षिक साधारणसभा तथा ८औं अधिवेशनबाट घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

उपशाखाको उपसभापतिमा भीम कुमारी दाहाल, सचिवमा विश्वनाथ घिमिरे, सहसचिवमा लेखनाथ अधिकारी, कोषाध्यक्षमा भक्तिराम पौडेल र सहकोषाध्यक्ष भिष्म अधिकारी चुनिनु भएको छ । त्यस्तैगरी सदस्यहरुमा बलराम गुरुङ, हरिमाया विक, सहदेव गुरुङ, पोषराज देवकोटा र शंकर पाैडेल रहनुभएको छ ।


उपशाखाका निवर्तमान सभापति कृष्ण रानाभाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य बाबुराम सुवेदीको प्रमुख आतिथ्य रहेको थियो भने कार्यक्रममा उपशाखाका आजीवन सदस्यहरुको सहभागिता रहेको थियो ।
