

माडी, चितवन । माडी जेसिजको ५औं पदस्थापना तथा पद हस्तान्तरण कार्यक्रमका अवसरमा माडीका मानसिक रोग विशेषज्ञ डा. खगेन्द्र काफ्लेलाई सम्मान गरिएको छ ।

माडी जेसिजले हरेक बर्ष अध्यक्षको पदस्थापनाका अवसर पार्दै कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा महत्वपूर्ण योगदान गरेका माडीका एकजना सफल युवालाई सम्मान गर्ने क्रममा यसबर्ष डा. काफ्लेलाई स्वास्थ्यको क्षेत्रमा गर्नुभएको योगदानको कदरस्वरुप सम्मान गरिएको माडी जेसिज अध्यक्ष ईश्वर रानाभाटले बताउनुभयो ।

माडी-७, देबेन्द्रपुर निवासी डा. काफ्ले, माडीको जनजीवन मा.वि.बाट प्रवेशिका, अर्किड कलेज भरतपुरबाट प्लस टु र भारतको राजस्थानबाट एमबिबिएस तथा चण्डीगढबाट एम.डी. पुरा गर्नुभई हाल भरतपुरस्थित नयाँ मेडिकल कलेजमा मानसिक रोग विशेषज्ञका रुपमा कार्यरत हुनुहुन्छ ।

डा. काफ्लेलाई पदस्थापन कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सांसद ठाकुर प्रसाद ढकाल एवं जेसिजका राष्ट्रिय उपाध्यक्षहरु जेसी अभिषेक दुलाल, जेसी सुबास गौतम, जेसी सुजन थापा काजी, माडी जेसीजका संस्थापक अध्यक्ष जेसी रुद्रप्रसाद सापकोटा लगायतले सम्मानपत्र प्रदान गर्नुभयो । माडी जेसिजले गतबर्ष कृषि बैज्ञानिक डा. भानिश्वर पोखरेललाई सम्मान गरेको थियो ।