

माडी, चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीको माडी-३ वडा समिति अध्यक्षमा ओमप्रकाश महतो चुनिनुभएको छ । राप्रपाले माडीमा सांगठनिक संरचना पुनर्गठन सुरु गरेकोमा सोमबार माडी-३ मा महतोको अध्यक्षतामा वडास्तरीय कार्यसमिति पुनर्गठन भएको हो ।


समितिको उपाध्यक्षमा ईन्द्रकुमारी महतो, सचिवमा शिव नारायण चौधरी र कोषाध्यक्षमा लक्ष्मी महतो चयन हुनुभएको छ । त्यस्तै, सदस्यहरुमा द्रौपतिया महतो, लक्ष्मी पावे, दिलराम पावे, उर्मिला महतो, रामेश्वर महतो, रमावती महतो, पृथ्वी चौधरी, जितेन्द्र मर्दनिया, डिलराम पांवे, निर्मल चौधरी, भुपराज भुर्तेल, सरस्वती महतो, लक्ष्मी गुरुङ रहनुभएको सो पार्टीले जनाएको छ ।

कार्यक्रममा राप्रापा केन्द्रीय सहमहामन्त्री रिना गुरुङ, क्षेत्रीय अध्यक्ष मदन पौडेल, माडी नगर अध्यक्ष वीरेन्द्र भण्डारी लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको राप्रपा माडी नगर प्रवक्ता सञ्जय काजीले जनाउनुभयो ।
