

माडी, चितवन । सुनचाँदी व्यवसायी महिला समूह माडीको अध्यक्षमा श्रीकुमारी विश्वकर्मा चयन हुनुभएको छ। सोमबार माडी नगरपालिका वडा नं ३ को सभाहलमा सम्पन्न भेलाबाट विश्वकर्माको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।


नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अन्जु सुनार, उपाध्यक्षमा पुनम ल्वागुन, सचिवमा देवी सुनार, सहसचिवमा शिला वि.क(रामदाम), कोषाध्यक्षमा शर्मिला घताने, प्रवक्तामा अस्मिता गोतामे, कार्यसमिति सदस्यहरूमा लिला सुनार, सुनिता गोतामे, सरू सुनार, रूबिना सुनार, शान्ति सदाशंकर र इन्द्रमाया सुनार चयन हुनुभएको छ । भेलाले कार्यसमिति सदस्य इन्द्रमाया सुनारलाई महिला समूहको लेखा समिति संयोजकको जिम्मेवारी प्रदान गरेको छ ।


त्यस्तै भेलाले सुनचाँदी व्यवसायी महिला समूह माडीको सात सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । समूहको सल्लाहकारहरूमा सरस्वती रामदाम, अम्बिका सुनार, लक्ष्मी सदाशंकर, रजिता सदाशंकर, कोपिला सुनार, पुजा सुनार र मिना सुनार रहनुभएको छ । नेपाल सुनचाँदी व्यवसायी संघ चितवन शाखा कार्यालय माडीद्वारा संरक्षित सुनचाँदी व्यवसायी महिला समूह माडी वि.सं.२०७३ सालमा गठन भइ क्रियाशील रहेको छ ।
