

माडी, चितवन । लायन्स क्लब अन्तर्राष्ट्रियका संस्थापक मेल्भिन जोन्सको १४६औं जन्मदिनको अवसर पारी लायन्स क्लब अफ माडीसहित १३ वटा लायन्स क्लबहरुले माडीको एक विद्यालयमा न्यानो लुगा वितरण गरेका छन् ।

Lions District 325 R, Nepal अन्तरगत Cluster 5, Region 14-17, Zone 28-35 मा आवद्ध चितवन केन्द्रीत १३ वटा लायन्स क्लबहरुले संयुक्त रुपमा माडी ६, स्याउलीबासस्थित शिशु कल्याण आधारभूत विद्यालय (१-८)मा अध्ययनरत सम्पूर्ण १३१ जना विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरेका हुन् ।

त्यसैगरी, सोही कार्यक्रमकै सन्दर्भमा क्यान्सर हस्पिटलका डा. सुधिर अधिकारीले बालबालिकाहरुमा हुनसक्ने क्यान्सर सम्बन्धमा, एम.जे.एफ. लायन रामजी पौडेलले आत्मीक शान्ति सम्बन्धमा र ईलाका प्रहरी कार्यालय माडीका प्रमुख केदारमान दोङले लागु औषध दुर्व्यसनी नियन्त्रण र बालअधिकारबारेमा प्रशिक्षण गर्नुभएको थियो ।

एम.जे.एफ. लायन आनन्द घिमिरेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम(हरु)मा डिस्ट्रिक्ट गभर्नर पि.एम.जे.एफ. लायन दिनानान न्यौपानेको प्रमुख आतिथ्य रहेको थियो । सहभागी सबैलाई Zone 28 का चेयरपर्सन एम.जे.एफ. लायन इ. उमेश ढकालले स्वागत र लायन्स क्लब अफ माडी इकोका अध्यक्ष (प्रेसिडेन्ट) सुवास तिवारीले धन्यवाद व्यक्त गर्नुभएको थियो ।