कला-साहित्य पोष्ट

सोमेश्वर मा.वि.को स्वर्ण महोत्सवमा चर्चित लोकदोहोरी गायक पशुपति शर्माले नचाउनुहुने

माडी, चितवन । सोमेश्वर माध्यमिक विद्यालयको ऐतिहासिक स्वर्ण महोत्सवका सहभागी दर्शकहरुलाई चर्चित लोकदोहोरी गायक पशुपति शर्माले नचाउनुहुने भएको छ ।

महोत्सव अन्तरगत आउँदो पौष २८ गते आइतबार आयोजित बृहत् साँस्कृतिक कार्यक्रममा लोकदोहोरीका राजाका रुपमा परिचित गायक शर्माको प्रस्तुति रहने भएको हो । कार्यक्रममा लोकगायिका एवं कार्यक्रम सन्चालिका बिष्णुमाया पौडेलका साथै अन्य स्थानिय कलाकारको समेत जोडदार प्रस्तुती रहने विद्यालयले जनाएको छ ।

त्यसैगरी, सो दिन (पौष २८ गते) नै नाटक प्रदर्शनी र माडी नगर विद्यालयस्तरीय नृत्य प्रतियोगिता समेत सञ्चालन हुने कार्यतालिका रहेको छ । साँस्कृतिक उत्सवका रुपमा दिनैभर रमाइलो कार्यक्रम सञ्चालन हुँदैगर्दा सोही दिन माडी नगरस्तरीय शिक्षक भलिबल प्रतियोगिताको फाइनल स्पर्धा समेत सञ्चालन हुने महोत्सव प्रचारप्रसार उपसमिति संयोजक टिकाराम सुवेदीले जनाउनुभयो।

तपाईको प्रतिक्रिया

ताजा समाचार