माडी (स्थानीय) खबर पोष्ट

सोमेश्वर मा.वि.को स्वर्ण महोत्सवका अवसरमा जिल्लास्तरीय निबन्ध लेखन प्रतियोगितामा सम्पन्न

माडी, चितवन । सोमेश्वर माध्यमिक विद्यालयको ऐतिहासिक स्वर्ण महोत्सवका अवसरमा आयोजित जिल्लास्तरीय निबन्ध लेखन प्रतियोगितामा नेपाली माध्यमतर्फ जनजीवन मा.वि.का सोनु रेग्मी र अंग्रेजीतर्फ जनकल्याण मा.वि.का सेफ्रन सुवेदी प्रथम हुनुभएको छ ।

त्यस्तै, नेपाली माध्यमतर्फ जनकल्याण माध्यमिक विद्यालयकै कृषा अधिकारी दोश्रो र ब्रह्मज्योति आधारभूत विद्यालयका सुरज परियारले तेश्रो स्थान हासिल गर्नुभयो भने अंग्रेजी माध्यमतर्फ विद्याज्योति ईङ्गलिस स्कुलका कृतिका घिमिरे दोश्रो र माडी माध्यमिक विद्यालयका योगेश धितालले तेश्रो स्थान हासिल गर्नुभएकाे छ ।

यसैबिच, स्वर्ण महोत्सवकै अवसरमा माडी नगरपालिका वडा नं. १, २ र ४ बाट बसाइँसराइ गरी भरतपुर महानगरमा बसिआएका परिवार सदस्यहरुको बैठकले विद्यालयलाई आर्थिक र भौतिक रुपमा सघाउन पूर्व शिक्षक देवेन्द्र प्रसाद पौडेलको संयोजकत्वमा ११ सदस्यीय भरतपुर महानगर स्तरीय समन्वय समिति गठन समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार