माडी (स्थानीय) खबर पोष्ट

नयाँदिल्लीमा उपचाररत ब्लड क्यान्सर पीडित भूपराज पाठकलाई नेपाल ल्याइँदै, स्वास्थ्य अवस्था जटिल

माडी, चितवन । स्वास्थ्य अवस्था बिग्रिएर जटिल र स्थिर भएसंगै नयाँदिल्लीमा उपचाररत ब्लड क्यान्सर (एवं क्षयरोग) पीडित भूपराज पाठकलाई नेपाल ल्याइँदैछ ।

राजीब गान्धी अस्पतालमा करीब तीन साताको उपचार पश्चात थप उपचार र स्याहार भरतपुरस्थित बि.पि. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा गर्नेगरी बिरामी पाठकलाई भेन्टिलेटर र चिकित्सक सहितको एम्बुलेन्समार्फत नेपाल ल्याउँदै गरेको उपचारमा संलग्न सहोदर दाजु बिपिन पाठकले बताउनुभयो ।

दिल्लीबाट बुधबार दिउँसो ४ बजे प्रस्थान गरेको आई.सि.यु. एम्बुलेन्स बिहीबार साँझसम्म भरतपुर आइपुग्नेछ । अस्पतालका डाक्टरहरुको सल्लाह र पारिवारिक सहमतीमै बिरामीलाई नेपालमा फिर्ता ल्याउन लागिएको बिरामी कुरूवा पाठकले बताउनुभयो ।

पहिलो किमोथेरापीपछि स्वास्थ्य अवस्था खासै सुध्रन नसकेकोमा क्षयरोगको औषधी सुरु भएसंगै सुरुमा उहाँको स्वास्थ्यमा केहि सुधार देखिएपनि गत आइतबारदेखि स्वास्थ्य अवस्था जटिल र स्थिर बनेको हो । पाठकको पूर्ण शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।

तपाईको प्रतिक्रिया

ताजा समाचार