सोमबार, पुष २९, २०८१
सोमबार, पुष २९, २०८१

खेल र खेलाडी पोष्ट

माघे संक्रान्ति (खिचरा) पर्वको अवसरमा माडीमा फुटसल र भलिबल प्रतियोगिता सञ्चालन हुँदै

  • A
  • A+
  • A++

माडी, चितवन । थारु समुदायको विशेष पर्व माघी (खिचरा)को अवसर पारी माडीको बघौंडा चौरमा आयोजित खिचरा महोत्सव अन्तरगत माडीस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।

विज्ञापन १

पौष २९ देखि माघ १ गतेसम्म सञ्चालन हुने खिचरा महोत्सवको अवसर पारी पौष २८ देखि माघ १ गतेसम्म माडी नगरस्तरीय नकआउट भलिबल खेल प्रतियोगिता आयोजना भएको खेल संयोजक अनिश चौधरीले बताउनुभयो । थारु कल्याणकारिणी सभा क्षेत्र नं. १, माडीकै आयोजनामा सो खेल स्पर्धा सञ्चालन हुनलागेको हो ।

विज्ञापन २

त्यसैगरी, माघे संक्रान्ति पर्वकै सन्दर्भ पारी माडीको दिवानगरस्थित डाइनामिक युवा क्लब, माडी–७, दिवानगरले पाँचौं माघे संक्रान्ति कप सेभेन ए साइड (फुटसल) प्रतियोगिता आयोजना गरेको छ । रेवा त्रिवेणीधाममा माघे संक्रान्ति मेला लाग्दैगर्दा सो खेल प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

विज्ञापन ३

दिवानगरको खुल्ला मैदानमा पुस २७ गतेदेखि माघ १ गते सम्म सो खेल सञ्चालन हुने क्लवका अध्यक्ष बिजय तिमिल्सिनाले बताउनु भयो । प्रतियोगितामा प्रथम हुनेले ट्रफी मेडल सहित ३० हजार तथा दोश्रो हुनेले ट्रफी मेडल सहित १५ हजार नगद पुरस्कार पाउने आयोजक क्लवका सचिव सुचित जैसीले बताउनु भयो ।

तपाईको प्रतिक्रिया