माडी, चितवन । बसन्तपुर युनाइटेड क्लबको आयोजनामा सञ्चालन हुनलागेको २६औं गोल्डन इमिनेन्ट माडी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको टाइसिट (खेल तालिका) प्रकाशन भएको छ ।
विज्ञापन १
प्रतियोगिताको समुद्घाटन सहित पहिलो खेल माघ ६ गते हुने खेल तालिका बनेको छ । सो दिन हनामी भरतपुर फुटबल क्लब र अभिषेक चर्च नवलपुरबिच उद्घाटन खेल हुने खेल संयोजक गोबिन्द राईले बताउनुभयो ।
विज्ञापन २
यसैबिच, प्रतियोगिताको समुद्घाटनमा सहभागी हुन चितवन क्षेत्र नं. ३ का प्रतितिनिसभा सदस्य एवं पूर्वमन्त्री बिक्रम पाण्डे माडी आउनुहुने भएको छ । प्रतियोगिताको फाइनल स्पर्धा सहित पुरस्कार वितरण समारोह भने माघ १२ गते सञ्चालन हुने आयोजक क्लबका अध्यक्ष नविन बस्यालले जनाउनुभयो ।
विज्ञापन ३