

माडी, चितवन । माडीको बघौंडामा सम्पन्न रक्तदान कार्यक्रममा ४४ महिला र ४४ पुरुष गरी ८८ जनाले रक्तदान गरेका छन् । रक्तदानमा ३६ जनाले पहिलोपटक रक्तदान गरेका हुन् ।

थारु संवत् २६४८ एवं थारु समुदायको महान पर्व खिचरा (माघी)को अवसर पारी थारु कल्याणकारिणी सभा क्षेत्र नं. १, माडीको आयोजनामा सञ्चालित खिचरा महोत्सवका अवसरमा सो रक्तदान कार्यक्रम सञ्चालन भएको हो ।

मिसन रेड अभियान अन्तरगत रेडक्रस गर्दी र बघौंडा उपशाखा, बर्डस नेपाल र टोल विकास संस्था एवं युवाहरुको सहयोगमा रक्तदान सञ्चालन भएको थारु कल्याणकारिणी सभा माडीका उप-सभापति समेत रहनुभएका नेपाल रेडक्रस सोसाइटी गर्दी उपशाखाका सभापति बिन्दु महतोले बताउनुभयो ।
