माडी (स्थानीय) खबर पोष्ट

माडी नगरपालिकाको १४औं नगरसभाले ‘माडी प्रज्ञा प्रतिष्ठान विधेयक – २०८१’ पारित

चितवन । माडी नगरपालिकाको १४औं नगरसभाले माडी नगरमा प्रज्ञा प्रतिष्ठान स्थापनाको आधार तयार गर्दै ‘माडी प्रज्ञा प्रतिष्ठान विधेयक – २०८१’ पारित गरेको छ ।

आइतबार बिहान होटल प्याराडाइजमा सम्पन्न १४औं नगरसभाले सो विधेयक पारित गरेसंगै नगर क्षेत्रमा रहेका भाषा-साहित्य, ललितकला, गीत, संगित, दर्शन, सामाजिकशास्त्र, ज्ञान विज्ञान तथा संस्कृतिको अध्ययन, अनुसन्धान, संरक्षण, सम्वद्र्धन एवं विकास गर्ने उद्देश्ययुक्त माडी नगर प्रज्ञा प्रतिष्ठान गठनको बाटो खुलेको हो ।

नगरभित्र स्वायत्त निकायका रुपमा रहने प्रज्ञा प्रतिष्ठानमा अध्यक्ष, उपाध्यक्ष, सदस्य सचिव र सदस्यहरु गरी १७ जनाको प्राज्ञ सभा रहनेछ । माडी नगरपालिका विधायन समितिका संयोजक मोहन स्याङ्तानले पेश गर्नुभएको र माडी नगरप्रमुख ताराकाजी महतोले प्रस्ताप गर्नुभएको सो विधेयक सर्वसम्मतिले पारित भएको हो ।

यसैबिच, नगरसभाले माडी नगरका केहि योजना र कार्यक्रमहरुको हेरफेर र रकमान्तर समेत गरेको छ । त्यस्तै, बिपद्को जोखिममा रहेका महिला, बालबालिका, जेष्ठ नागरिक, किशोरी, अपांगता रहेका र लैंगिक तथा यौनिक अल्पसंख्यकहरुलाई लक्षित गरी ‘माडी नगरपालिकाको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन गर्न बनेको ऐन २०७४’ लाई शंसोधन गर्ने विधेयक पनि पारित भएको सुचना प्रविधि अधिकृत प्रवीण भण्डारीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार