चितवन खबर पोष्ट

गैंडाको आक्रमणमा परी माडी-३, धोबाहामा एकजनाको मृत्यु, तीनजना घाइते

गैंडाको आक्रमणमा परी माडी–३, धोबाहामा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । बच्चा सहितको गैंडाले आक्रमण गर्दा माडी-३, बैराँठ निवासी अन्दाजी बर्ष ५० का छबिलाल बोटको घटनास्थलमै मृत्यु भएको हो ।

त्यस्तै सोही गाउँ निवासी कृष्ण महतो घाइते हुनुभएको छ । गैंडाले खुट्टामा कुल्चँदा उहाँको खुट्टा भाँचिएको छ । यो समाचार तयार पार्दासम्म उहाँलाई उपचारका लागि बघौंडा अस्पतालमा ल्याइएको छ ।

सोही गैंडाकै आक्रमणबाट अन्य दुईजना, माडी ३, बैराठ गाउँकै राजु बोट र हेमराज महतो सामान्य घाइते हुनुभएको छ । धोबाहा गाउँमा रिउ नदी पारीपट्टी काँसघारीमा भैंसी चराउन जाँदा उहाँहरुमाथि गैंडाले आक्रमण गरेको हो । घटनाको थप विवरण अर्को पोष्टमा ।

तपाईको प्रतिक्रिया

ताजा समाचार