चितवन खबर पोष्ट

चितवन राष्ट्रिय निकुञ्जको ध्रुव पोस्ट नजिक जंगली गैँडाको आक्रमणमा एकजना मोटरसाइकल यात्री घाइते

माडी, चितवन । चितवन राष्ट्रिय निकुञ्जको ध्रुव रेन्ज पोस्ट नजिकं जंगली गैँडाको आक्रमणमा एकजना मोटरसाइकल यात्री घाइते भएका छन् ।

भरतपुरबाट बा.प्र. ०६००३ प. ४३३९ नम्बरको सुपर स्प्लिन्डर मोटरसाइकलमा माडीतर्फ आउने क्रममा बाटोमै गैँडाको आक्रमणमा परी माडी-७ किर्तनपुर निवासी ५५ वर्षीय शिवराज भण्डारी घाइते हुनुभएको हो ।

घटनामा भण्डारीको बाहिरी चोटपटक नदेखिएपनि भित्री चोट लागी अवस्था मध्यम रहेको माडी प्रहरीले जनाएको छ । घाइते भण्डारीलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको छ।

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा मानव-वन्यजन्तु द्वन्द्वका घटनाहरू समय-समयमा हुने गरेका छन् । गत मंगलबार मात्रै गैंडाको आक्रमणमा परी माडी-३, धोबाहामा एकजनाको मृत्यु भएको थियो भने तीनजना घाइते भएका थिए ।

तपाईको प्रतिक्रिया

ताजा समाचार