

माडी, चितवन । माडी-३, राजबैराठमा सञ्चालित सप्ताहव्यापी श्रमद्भागवत ज्ञान महायज्ञमा पहिलो दान सहयोग गर्दै बघौंडा गाउँ निवासी पूर्व प्रधानपञ्च केवल प्रसाद चौधरीले ५ हजार १५५ रुपैंया दान गर्नुभएको छ ।

माडीको इतिहासका एक अमिट व्यक्तित्व रहनुभएका पूर्व प्रधानपञ्च (जनप्रतिनिधि) चौधरीले व्यक्तिगत बृद्धभत्ताबाट सो सहयोग गरेको बताउँदै बैराठ धुनीको विकास र प्रचारप्रसारमा सहयोग गर्न सबैमा अनुरोध गर्नुभयो ।

त्यस्तै, बैराठ धुनी महायज्ञ अन्तरगत आदर्श महिला समूह बैराठले १० हजार २०५, बैराठ धुनी व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद महतोले ११ हजार ५०५ र महायज्ञका आर्थिक समिति संयोजक रहनुभएका बघौंडा निवासी ओमप्रकाश चौधरीले १० हजार ५०५ रुपैंया दान सहयोग गर्नुभएको हो ।

त्यस्तै, धोबाहा गाउँ निवासी बलराम महतोले ५,०५५ रुपैंया र जीवनपुर निवासी श्रीप्रसाद/चित्रकला सुवेदीले ५,५५५ रुपैंया दान सहयोग गर्नुभएको छ । संकलित धन र धानबाट महायज्ञ व्यवस्थापन एवं बैराठ धुनीको प्रचारप्रसार र भौतिक विकास हुने महायज्ञका संयोजक मधुराम चौधरीले बताउनुभयो ।