

माडी, चितवन । माडीको प्राचीनतम् धार्मिक स्थल राजबैराठमा सञ्चालित श्रमद्भागवत ज्ञान महायज्ञमा माडी-२, जीवनपुर निवासी रुद्रनाथ सुवेदीले १ कठ्ठा जमीन (भूमि) दान गर्नुभएको छ ।

बयोबृद्ध उमेरका सुवेदीले बैराठ धुनी रहेको जमीनसंगै जोडिएको १ कठ्ठा घडेरी बैराठ धुनीलाई दान गर्नुभएको हो । उहाँलाई महायज्ञमा विशिष्ट दाताका रुपमा विशेष सम्मान गरिएको थियो ।

त्यसैगरी महायज्ञको दोश्रो दिन बघौंडा गाउँनिवासी टुनुवा महतो/सुनही देवी दम्पत्तीबाट १० हजार ६०५ र बघौंडा गाउँबाट संकलित १० हजार ७४० रुपैंया समेत दान भएको छ ।

त्यस्तै, ईनारबरुवाका हरिकृष्ण महतोबाट ५५५५, बघौंडाका सिताराम गुरौबाट ५१०५, जीवनपुरका देवीप्रसाद अर्यालबाट ५००५, भैरवपुरका नारायणदत्त/सम्झना दम्पत्तीबाट ५००५ र माडी ३, धोबाहास्थित जागृति महिला समूहबाट ५०३५ रुपैंया दान सहयोग भएको छ ।