माडी (स्थानीय) खबर पोष्ट

माडीमा आँखामा मोतियाबिन्दु रोग देखिएका १३१ जनाको निःशुल्क शल्यक्रिया

माडी, चितवन । माडीमा आँखामा मोतियाबिन्दु रोग देखिएका १३१ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ । भरतपूर आँखा अस्पताल, माडी नगरपालिका र आँखा उपचार केन्द्र माडीको संयुक्त आयोजनामा सञ्चालित साताव्यापी शिविरको क्रममा आँखामा मोतियाबिन्दु लागेको पहिचान भएका कूल १९२ जना बिरामीहरु मध्ये १३१ जनाको निःशुल्क शल्यक्रिया गरिएको हो ।

अन्य बिरामीहरुमा सुगर, प्रेसर र अन्य जटिलता देखिएकाले भरतपुर आँखा अस्पताल रेफर गरिएको छ । मोतियाबिन्दुको शल्यक्रिया पश्चात आँखाको पट्टी खोलेर राम्ररी आँखा देख्न पाउँदा बिरामीहरुले खुसी व्यक्त गर्दै आयोजक संस्थाहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।

मोतियाबिन्दु रोग रहेको आँखाको सम्बन्धित विशेषज्ञ डा. राजा हुसेन मन्सुरी र डा. हिमाल गिरीले माडी आँखा उपचार केन्द्रको शल्यक्रिया कक्षमा बिरामीहरुको शल्यक्रिया गर्नुभएको थियो । शल्यक्रिया भएका बिरामीहरुको आँखाको पट्टी खोलेसंगै निःशुल्क चस्मा वितरण समेत गरिएको माडी आँखा उपचार केन्द्र सहयोग समितिका अध्यक्ष श्रीप्रसाद दवाडीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार