

माडी, चितवन । मगर समुदायको सामाजिक एवं साँस्कृतिक जागरण र शैक्षिक विकासको उद्देश्यले स्थापित संस्था नेपाल मगर संघको माडी नगर इकाई समितिको अध्यक्षमा राम बहादुर सारु मगर चयन हुनुभएको छ ।

शनिबार समितिको संम्पन्न भेलाबाट सारु मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा गोमा लुङ्गेली, सचिवमा सीता राना, कोषाध्यक्षमा प्रकाश थापा मगर र सह सचिबमा होम बहादुर डाला मगर रहनुभएको छ ।


त्यसैगरी सदस्यहरुमा जुना राना, यानीमाया थापा, अनिता मगर, कुमारी सारु, देव बहादुर राना र कालु सिङ्ग दर्लामी मगर रहनुभएको छ । साँस्कृतिक रुपमा धनी मगर समुदायले माडीमा होमस्टे सञ्चालन, साँस्कृतिक तथा शैक्षिक सुधार लगायतका काम गर्दै आएको छ ।
