माडी (स्थानीय) खबर पोष्ट

नेपाल रेडक्रस सोसाइटी कल्याणपुर उपशाखाको सभापतिमा रामकृष्ण अधिकारी पुनर्चयन

माडी, चितवन । नेपाल रेडक्रस सोसाइटी कल्याणपुर उपशाखाको सभापतिमा रामकृष्ण अधिकारी पुनर्चयन हुनुभएको छ । समितिको उपसभापतिमा गंगादेवी दाहाल, सचिवमा गणेश कुमार मकाजु, उपसचिवमा नारायण पौडेल, कोषाध्यक्षमा बिष्णुप्रसाद आचार्य र उपकोषाध्यक्षमा कोपिला कुमारी क्षेत्री चयन हुनुभएको छ ।

कल्याणपुर बजारस्थित दिव्य कालीका अंग्रेजी स्कुलको प्राङ्गणमा शनिवार सम्पन्न २२औं बार्षिक साधारणसभा एवं ५औं अधिवेशनबाट अधिकारीको नेतृत्वमा अधिकांश पुरानै पदाधिकारी दोहोरिनेगरी ११ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत चयन भएको हो । त्यस्तै, सदस्यहरुमा सुर्य (सुरज) भट्टराई, विकास ओझा, जीवकुमारी भण्डारी, ईश्वरी चापागाई र महिला सदस्यमा निर्मला बराल अधिकारी चयन हुनुभएको छ ।
कार्यक्रममा ३४ जना विशिष्ट सदस्यहरुलाई सम्मान गर्दै प्रमाणपत्र वितरण, १५ जना गरीब, दृष्टिविहीन, अपांग र ज्येष्ठ एकल महिलाहरुलाई ब्लाङ्केट वितरण तथा १०० थान रेडक्रस लोगो अंकित टोपी वितरण समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार