खेल र खेलाडी पोष्ट

माडी फुटबल खेल विकास समितिको आयोजनामा वडास्तरीय लीग फुटबल प्रतियोगिता सुरु

माडी, चितवन । माडी फुटबल खेल विकास समितिको आयोजनामा स्थानीय फुटबल खेलाडीहरु उत्पादन र उनीहरुको गुणस्तर विकासका लागि वडा लीग फुटबल प्रतियोगिता सुरु भएको छ ।

माडी नगरप्रमुख ताराकुमारी काजी महतोले वडाध्यक्षहरुको आतिथ्यबिच रेफ्रीलाई बल हस्तान्तरण गरी सो प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । लीग प्रणालीबाट खेलाइने सो प्रतियोगितामा माडीका ९ वटै वडाहरुबाट वडास्तरीय फुटबल टोलीको सहभागिता रहेको छ ।

लीगको पहिलो दिन बुधबारको खेलमा माडी ६ र ८ ले ३/३ अंक प्राप्त गरेका छन् । बुधबारको पहिलो खेलमा माडी ३ र माडी ६ वडा भिँडेकोमा २-० गोलअन्तरले जीत हासिल गर्दै माडी ६ ले अंक जोडेको हो । खेलको म्यान अफ द म्याच माडी ६का राजेश गुरुङ घोषित हुनुभयो ।

बुधबारको दोश्रो खेलमा माडी ७ र ८ले स्पर्धा गरेकोमा ३-० गोलअन्तरबाट जीत निकाल्दै वडा नंं ७ ले ३ अंक हासिल गरेको हो । खेलको म्यान अफ द म्याच वडा ७ का निशान हरिजन घोषित हुनुभएको फुटबल खेल विकास समिति माडीका अध्यक्ष राजेश घतानेले जनाउनुभयो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार