कला-साहित्य पोष्ट

माडीमा छायाँकन भएको चलचित्र ‘फिरफिरे फिरिरी’को विशेष प्रदर्शन (दर्शकहरूको प्रतिक्रिया सहित)

माडी, चितवन । माडी क्षेत्रमा छायाँकन भएको हरर कमेडी विधा (जनरा)को नेपाली कथानक चलचित्र ‘फिरफिरे फिरिरी’को माडीमा विशेष प्रदर्शन भएको छ ।

बसन्तपुर बजारस्थित होटल प्याराडाइजको हलमा शुक्रबार (आज) साँझ फिल्म प्रदर्शन भएको हो । फिल्मको थप प्रदर्शन भोलि माघ १९ गते दिउँसो १:३० बजे तथा साँझ ५ पनि हुनेछ । माघ ४ गतेबाट देशव्यापी प्रदर्शनमा रहेपनि स्थानीय सिनेमा घरको अभावमा माडीमा सो चलचित्र प्रदर्शन हुन सकेको थिएन ।

चलचित्रको विशेष प्रदर्शनी हेरेर बाहिरिने क्रममा माडी नगरप्रमुख ताराकुमारी काजी महतो र उपप्रमुख खेमप्रसाद महतोसहित स्थानीयबासीले चलचित्र राम्रो लागेको प्रतिक्रिया दिएका छन् । माडीका दृश्यहरु सुन्दर देखिएको दर्शकहरुको प्रतिक्रिया छ ।

माडीका कलाकरहरुको समेत भूमिका (अभिनय) रहेको चलचित्र फिरफिरे फिरिरीको प्रदर्शनको व्यवस्थापन माडी रंगमञ्चले गरेको हो । रंगमञ्चका कलाकारहरुको सहयोगार्थ टिकट शुल्क दुई सय रुपैंया राखिएको माडी रंगमञ्चका कलाकार एवं नाटक निर्देशक सुमन तिमिल्सिनाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार