चितवन खबर पोष्ट

मन्त्रीपरिषद् बैठकले निकुञ्जभित्र नयाँ रोड एलाइंगमेन्ट स्वीकृत गरेसंगै ट्रयाक सर्भेको काम पुरा

माडी, चितवन । मन्त्रीपरिषद् बैठकले निकुञ्जभित्र हुलाकी सडकको नयाँ रेखाङ्कन (एलाइंगमेन्ट) सदर गर्ने निर्णय गरेसंगै हुलाकी सडक कार्यालयले ट्रयाक सर्भेको काम सकेको छ ।

बगहीँ-प्याउली-कसुमखोला-बाँदरझुला हुँदै ठोरी जोड्ने गरी हुलाकी सडक निर्माणका लागि वन मन्त्रालयले ई.आई.ए.को सहमति दिएसंगै सडकको डि.पि.आर. निर्माण प्रक्रिया अन्तरगत सो फिल्ड सर्भे भएको हो । मन्त्रीपरिषद् बैठकले गत २०८१ भदौ २७ गते बिहीबार एलाइंगमेन्ट स्वीकृत गरेको थियो ।

त्यसअघि, वन तथा वातावरण मन्त्रालयले निकुञ्जभित्र नयाँ स्थानबाट सडक निर्माणका लागि २०७९ असोज ४ गते सहमती दिएको थियो भने अर्थ मन्त्रालयले २०८० फागुन २ गते हाल कायम हुलाकी सडकलाई नयाँ स्थानबाट लैजान सैद्धान्तिक सहमती दिएको थियो । ट्रयाक सर्भेको काम पुरा भएसंगै यसको थप फलोअपका लागि पहल भइरहेको एमाले चितवनका नेता श्रीप्रसाद दवाडीले बताउनुभयो ।

वन मन्त्रालयले नयाँ एलाइंगमेन्टको सहमती दिँदा नयाँ ट्रयाकले जैविक विविधतामा कम प्रभाव पर्ने उल्लेख गरेको थियो भने वन्यजन्तुको आवतजावतका लागि सकेसम्म अण्डरपासको निर्माण गर्नुपर्ने; ई.आई.ए. कार्यमा निकुञ्ज, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, स्थानीय समुदायको प्रतिनिधी र वातावरण विज्ञको समेत सहभागिता रहनुपर्ने र इलेभेटेड हाइवेलाई समेत विकल्पका रुपमा अध्ययन गर्नुपने सर्त अगाडि सारेको थियो

तपाईको प्रतिक्रिया

ताजा समाचार