चितवन खबर पोष्ट

माडीमा शिशिर कालिन स्काउट मित्रता क्याम्प सञ्चालित, माडीका ६ र भरतपुरका २ ट्रुप सहभागी

माडी, चितवन । माडीमा शिशिरकालिन स्काउट मित्रता क्याम्प २०८१ सञ्चालनमा भएको छ । जनकल्याण मा.वि. स्काउट ट्रुपकाे आयाेजना र चितवन स्मार्ट स्काउट कृयुको सह-आयोजनामा गत माघ १६ गतेदेखि सो क्याम्प सञ्चालन भएको हो ।

कार्यक्रममा माडी नगरभित्र स्काउट संञ्चालित ६ वटा विद्यालय र भरतपुर महानगरमा संञ्चालित २ वटा विद्यालयमा गरी १६७ जना स्काउट छात्रछात्राका साथै प्रत्येक विद्यालयका स्काउट शिक्षककाे सहभागिता रहेकाे थियाे । क्याम्पमा विभिन्न साहसिक खेल, सुपरमेन जम्प र नृत्य प्रतियोगिता सञ्चालन भएकाे थियाे ।

प्रतियोगितामा हिमालय दण्डपाणि न्याैपाने मा.वि. स्काउट ट्रुप भ.म.न.पा.-१३ चम्पानगर प्रथम, माडी मा.वि. स्काउट ट्रुप द्वितिय र साेमेश्वर मा.वि .स्काउट ट्रुप तृतिय हुन सफल भएका छन् ।

जनकल्याण मा.वि स्काउट ट्रुपका संरक्षक तथा विद्यालयका प्रधानाध्यापक राम बहादुर जि.सी काे अध्यक्षतामा भएको कार्यक्रममा माडी नगर प्रमुख तारा कुमारी काजी महताे, विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्याम कुमार विष्ट, स्काउटर क्याम्प काेर्डिनेटर मणिराम परियार लगायतको उपस्थिति रहेको शिक्षक अमृत गायकले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार