माडी (स्थानीय) खबर पोष्ट

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को माडी नगर अध्यक्षमा भरत तिमिल्सिना चयन

माडी, चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को माडी नगर अध्यक्षमा भरत तिमिल्सिना चयन हुनुभएको छ । त्यस्तै, नगर उपाध्यक्षहरुमा निलकण्ठ काफ्‌ले, मुक्ति काफ्‌ले र रामनारायण महतो चयन हुनुभएको छ भने सचिवमा घनश्याम दवाडी, सहसचिवमा रामबाबु बि.क. र कोषाध्यक्षमा बुद्धिसरा बि.क.लाई जिम्मेवारी दिइएको छ ।

गत पौष १९ गते सञ्चालित दोश्रो नगर अधिवेशनले एक महिना लामो रस्साकस्सीपछि तिमिल्सिना नेतृत्वमा ‘सर्बसम्मत’ नयाँ कार्यसमिति चयन गरेको हो । नगर सम्मेलनबाट पौष १९ गते नै ५५ सदस्यीय नगर समिति चयन भएपनि पदाधिकारी चयनमा विवाद रहँदै आएको थियो ।

माओवादी केन्द्रको माडी नगर सदस्य भने यसअघि नै माडी १ वडाबाट आशा च्वाईं, तुलबहादुर नेपाली, रामबहादुर पोख्रेल, सरिता बोट, सत्यनारायण महतो, साबित्री बराल, खेम लामिछाने चयन भइसक्नु भएको छ । त्यस्तै वडा नं. २ बाट माधव पौडेल, ऋचा सुनार, ईश्वरी ढकाल र रामकृष्ण पोख्रेल रहनुभएको छ ।

वडा नं. ३ बाट सन्तोष पनेरु, कोपिला लम्साल, रोहित महतो, हरिकृष्ण लामिछाने, पदम पन्त र यमकुमार ल्वागुन रहनुभएको छ । त्यस्तै, वडा नं. ४ बाट प्रभुप्रसाद महतो, साबित्री पाण्डे, जानकी खड्का महतो, कला चापागाईं, माधव चापागाईं, गोकुलानन्द लामिछाने, धर्मलाल देवकोटा र पदम अर्याल रहनुभएको छ ।

वडा नं. ५ बाट रामबन्धु पोखरेल, शुभद्रा काफ्‌ले, गणेशप्रसाद विश्वकर्मा, राजकुमार बि.क., तारा बि.क., बिक्रम चौधरी, सन्तोष चापागाईं, सन्तुमाया सुनार, होमनाथ भट्टराई, सुर्य पाठक र प्रजापति तिवारी रहनुभएका छन् । त्यस्तै वडा नं. ६ बाट केदार गायक, माया सुनार, अशोक पाठक नगर सदस्य चुनिनुभएको छ ।

वडा नं. ७ बाट ज्ञानु सापकोटा, गायत्री अर्याल, कृष्ण रानाभाट, खेमलाल पोख्रेल र शुरेस थापा सदस्य चयन हुनुभएको छ भने वडा नं. ९ बाट हरिमाया सुनार, अशोक पाण्डे, सोमबहादुर बि.क. र लेखबहादुर गुरुङ नगर सदस्य चुनिनुभएको हो । निर्वाचित पदाधिकारी र सदस्यहरूको सपथ ग्रहण बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार