

चितवन । साहारा चितवन बहुउद्देश्यीय सहकारी ठगीमा चितवन जिल्ला अदालतमा मंगलबार पूर्वगृहमन्त्री रवि लामिछानेसहित थप १५ जनाविरुद्ध पूरक अभियोग दायर भएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन-२ बाट विजयी (हाल निलम्बित) सांसद समेत रहनुभएका लामिछानेसहित पूर्व डीआईजी छविलाल जोशीलगायत विरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिनुभयो ।

अभियोगपत्रमा लामिछानेले सहकारी संस्थाबाट तलबबाहेक पनि रकम लिएको देखिएको उल्लेख छ । ‘विभिन्न व्यक्ति तथा संस्थाहरूलाई भुक्तानी गरी आफूले समेत भुक्तानी लिई ठगी गर्ने कार्यमा प्रत्यक्ष रूपमा संलग्न रहेको पुष्टि हुन्छ’, अभियोपत्रमा भनिएको छ । साहारा सहकारी ठगीमा गएको असोज ८ गते सहकारीका संस्थापक गितेन्द्रबहादुर (जीबी) राईलाई मुख्य अभियुक्त बनाउँदै १७ जनाविरूद्ध मुद्दा दायर भइसकेको छ ।
