चितवन खबर पोष्ट

निकुञ्जबाट बाहिरिएर माडीमा घरभित्र प्रवेश गरेको मृगको सकुशल उद्दार (भिडियो सहित)

माडी, चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट बाहिरिएको मृग माडीको एक घरभित्र प्रवेश गरेकोमा घरधनी सहित स्थानीयबासीले सकुशल उद्दार गरेका छन् ।

चरनका क्रममा आँखामा समस्या रहेको बृद्ध उमेरको मृगलाई कुकुरले लखेट्दा बिहानपख माडी–३, रतनी गाउँस्थित बनी शेखको घरभित्र प्रवेश गरेको थियो । बिहानसम्मै घरभित्रै रोकिएको सो मृगलाई घरधनीले सुरक्षा गरी सेना र प्रहरी र निकुञ्ज प्रशासनलाई खबर गरेका थिए ।

त्यसपछि निकुञ्जको टोलीसहित स्थानीयबासीले मृगलाई उद्दार गरी निकुञ्जभित्र बोटेसिमरा पोष्ट नजिक लागेर छाडेका थिए । घरभित्र छिरेको मृगलाई सुरक्षा गरी सकुशल निकुञ्जमा फिर्ता पठाएकोमा सेना, प्रहरी र निकुञ्जका कर्मचारीहरुले घरधनी शेखसहित स्थानीयबासीलाई धन्यवाद व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

ताजा समाचार