चितवन खबर पोष्ट

‘निकुञ्जभित्र सडकको डि.पि.आर.का निम्ति ट्रयाक सर्भेको काम पुरा’ : नगरप्रमुख महतो (भिडियो सहित)

माडी, चितवन । माडी नगरप्रमुख ताराकुमारी काजी महतोले ‘निकुञ्जभित्र सडक स्तरिकरणको प्रक्रिया अन्तरगत डि.पि.आर.का निम्ति ट्रयाक सर्भेको काम सकिए’को बताउनुभएको छ ।

बुधबार साँझ माडी नगरपालिकाको सभाहलमा एक पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै माडी नगरप्रमुख महतोले ‘बनकट्टा देखि ध्रुब र बगहींदेखि हनुमानझुला हुँदै चौतारासम्म दुबै खण्डमा नयाँ एलाइंगमेन्ट (मार्ग)का निम्ति ट्रयाक सर्भे पुरा भई वातावरणीय प्रभाव मुल्यांकनको प्रक्रिया अगाडि बढेको’ जनाउनुभएको हो ।

यसबाहेक ‘संघीय वन राज्यमन्त्री रुपा बि.क.को पहलमा वनमन्त्री ऐनबहादुर शाहीले निर्देश गर्नुभएबमोजिम बिहीबारदेखि निकुञ्जभित्र ४ चक्के गाडी र सबैखाले सार्वजनिक सवारी साधनका लागि २४सै घण्टा सडक खुला भएको’ पनि उहाँले बताउनुभयो ।

यस्तै, ‘हाल ठोरी भन्सार बन्द रहेकोमा त्यसलाई खुलाउन अर्थ मन्त्रालयमा पहल गरिएको’, ‘गर्दी स्वास्थ्य चौकीलाई थप बजेको व्यवस्था गर्न अनुरोध गरिएको’ एव ‘बघौंडा अस्पताललाई प्रविधि सहयोगका लागि संघीय स्वास्थ्य मन्त्रालयमा पहल भइरहेको’ पनि नगरप्रमुख महतोले जनाउनुभयो ।

यसबाहेक ‘अयोध्याधामको लागि जग्गा प्राप्तीको प्रक्रिया अगाडि बढेको र धामको विकासका लागि विकास समिति गठन हुनलागेको’ समेत उहाँले जनाउनुभयो । माडी नगरपालिका र यहाँका दलहरुले राजधानी केन्द्रीत भेटवार्ता, फलोअप र डेलिगेशन गरेको परिणामस्वरुप यी उपलब्धीहरु हासिल भएको उहाँको भनाई थियो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार