चितवन खबर पोष्ट

‘निकुञ्जभित्रको सडक बर्षको २ पटक मर्मत र नियमित पानी हालिने’ : उपमेयर महतो (भिडियो सहित)

माडी, चितवन । माडी नगर उपप्रमुख खेमप्रसाद महतोले निकुञ्जभित्रको सडक बर्षको २ पटक मर्मत एवं सो सडकखण्डमा दैनिक पानी हाल्न बजेट व्यवस्थापन गर्न पहल भइरहेको बताउनुभएको छ ।

माडी नगरपालिकाको आयोजनामा बुधबार साँझ सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नगर उपप्रमुख महतोले संघीय अर्थ, भौतिक योजना एवं वन लगायतका मन्त्रालयहरुमा भेटवार्ता र छलफल गर्दै सो कार्यको पहल गरिएको र सकारात्मक आश्वासन पाएको बताउनुभएको हो ।

निकुञ्जभित्र २४सै घण्टा सडक खुलाउन वन राज्यमन्त्री रुपा बि.क. माडी आउनुहुँदा र वनमन्त्री ऐनबहादुर शाही जगतपुर आउँदा पहल गरिएको बताउँदै नगर उपप्रमुख महतोले सवारी साधन र यात्रीहरुको सुरक्षालाई मध्यनजर गर्दै बनकट्टादेखि ध्रुब पोष्टको बिचको एक स्थान र ध्रुबदेखि कसरा पोष्टको बिचमा अर्को एक स्थानमा सुरक्षाका लागि मचान निर्माण हुने जानकारी दिनुभयो ।

यसबाहेक कसरा – बनकट्टा सडकमा २० मिनेटदेखि ३० मिनेटसम्म व्यवहारिक टाइम कार्ड लागु गर्ने बिषयमा छलफल भइरहेको पनि नगर उपप्रमुख महतोको सार्वजनिक गर्नुभयो । निकुञ्जभित्र सार्वजनिक सवारीसाधन २४सै घण्टा खुला हुनसक्नु महत्वपूर्ण उपलब्धी भएको उहाँको भनाई थियो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार