चितवन खबर पोष्ट

‘निकुञ्जभित्र बिजुली केबुलको ठेक्काको म्याद थप भई काम अगाडि बढ्यो’: मेयर महतो (भिडियो सहित)

माडी, चितवन । माडी नगरप्रमुख ताराकुमारी काजी महतोले निकुञ्जभित्र बिजुलीको बैंकल्पिक भूमिगत केबुल बिछ्याउन यसअघि रोकिएको (रद्द भएको भनिएको) ठेक्काको म्याद थप भई काम अगाडि बढेको सार्वजनिक गर्नुभएको छ ।

माडी नगरपालिका कार्यालयमा बुधबार साँझ सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नगरप्रमुख महतोले ठेक्का सम्झौताको म्याद थप भई सोही ठेकदारबाट निर्माण कार्य अगाडि बढाउन आवश्यक पहल र सहजिकरण गरिएको जानकारी दिँदै निर्माणको काम अगाडि बढ्न लागेको जनाउनुभएको हो ।

नेपाल विध्युत प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय हेटौंडा कार्यालयले जगतपुर माडी ३३ के.भी. भूमिगत प्रशारण लाइनको डिजाइनदेखि जडान र सञ्चालन समेतको काम गर्नेगरी २०८० मंसिर २८ गते प्रकाशन गरेको बोलपत्रबाट सो ठेक्का सम्झौता भएको थियो ।

तर, केबुल बिछ्याउने कार्यमा वन तथा वातावरण मन्त्रालयले युनेश्कोको अनुमतीका लागि पत्राचार गरेसंगै बिलम्ब भएको थियो । करीब २० करोड रुपैंया लागतको सो परियोजना अनिश्चित हुँदैगर्दा माडी क्षेत्रको दीर्घकालिन बिजुली व्यवस्थापनमाथि नै अँध्यारो छाएको थियो । हाल चालू रहेको भूमिगत केबुलमा पटक पटक समस्या आउँदा माडी क्षेत्रमा बिजुली अवरुद्ध हुनेगरेको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार