बैचारिक बहस बिनाको एकताको बिरोध गर्दै माओवादी नेता आहुतिले पार्टी छाडे

340
SwadeshPost

विचार र सिद्धान्तमा छलफल नै नगरी एमाले र माओवादी केन्द्रबिच एकता हुन लागेको भन्दै माओवादी नेता विश्वभक्त दुलाल आहुतिले पार्टी छोडेका छन् ।

विगतमा एमालेले माओवादीमाथि र माओवादीले एमालेमाथि लगाएका आरोप र दस्तावेजमा उल्लेख गरिएका प्रवृत्तिमा कुनै परिवर्तन नगरी हतारमा दुबै पार्टीले एकताको निर्णय गरेको उनको आरोप छ । एकताबारे पार्टीमा कुनै छलफल नभएको भन्दै उनले यो एकता नभई माओवादी केन्द्र एमालेमा बिलय हुन लागेको जिकिर गरे । विगतमा माओवादी केन्द्रले एमालेलाई कम्युनिष्ट शक्ति नमानेको जनाउँदै उनले यतिखेर कम्युनिष्टहरुको एकता भन्नु हास्यास्पद रहेको समेत आरोप लगाए ।

सामाजिक सञ्जालमा सक्रिय रहने उनले विगत केहि दिनदेखि माओवादी नेतृत्व र एकता प्रक्रियाको बिरोधमा निरन्तर लेख्दै आएका थिए । कवि, गीतकारर साहित्यकारको समेत छवि बनाएका उनी माओवादी केन्द्रका बैचारिक नेता तथा दलित आन्दोलनका अगुवा समेत हुन् । एकता मन नपराएका देशभरका नेता कार्यकर्ता आफूहरुको सम्पर्कमा रहेको र उता एकता भएसँगै आफूहरुले पनि पार्टी निर्माण गर्ने उनको भनाई छ ।

SwadeshPost