विश्व बाघ दिवशको अवसरमा बाघ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

448
SwadeshPost

विश्व बाघ दिवश–२०१८ को अवसरमा जिविकोपार्जन तथा बाघबाट सुरक्षित रहने व्यवहार सम्बन्धी अन्तरक्रिया एवं सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

स्वदेश एफ.एम. ९३.२ मेगाहर्जसंगै अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समिति, खरकट्टा र वातावरणीय सुशासन कार्यक्रम अन्तरत ‘लिभिङ्ग विथ टाइगर’ परियोजनाको संयुक्त आयोजनामा बाघ बिषयको अन्तरक्रिया सम्पन्न भएको हो । चितवन राष्ट्रिय निकुञ्ज बगहीँ सेक्टरका रेञ्जर शुसिल झाको उपस्थितिमा सम्पन्न सो कार्यक्रममा वातावरणीय सुशासन समूह लिभिङ वीथ टाइगर्स परियोजनाका अधिकृत प्रकाश चापागाईंले बाघ सम्बन्धी जानकारी र बाघसंग गर्नुपर्ने व्यवहारबारे प्रशिक्षण दिनुभएको थियो ।

कृष्णनगरस्थित राइटोल आधारभूत विद्यालयको प्राङ्गणमा सम्पन्न सो अन्तरक्रिया कार्यक्रममा बाघको आनीबानी, बाघको आक्रमणबाट बच्ने उपाय र जीविकोपार्जनबारे छलफल गरिएको थियो । कार्यक्रमको स्वदेश एफ.एम.ले प्रत्यक्ष प्रसारण गरेको थियो ।

SwadeshPost