चितवन खबर पोष्ट

हरिबोधिनी एकादशीको अवसरमा माडीको छरछरे धाममा भव्य धार्मिक तथा साँस्कृतिक मेला सम्पन्न

नेपालीहरूकाे महान पर्व हरिबोधिनी एकादशीको अवसरमा माडी-५, छरछरे धाम परिसरमा भव्य धार्मिक तथा साँस्कृतिक मेला सम्पन्न भएको छ ।

मेलामा मुख्य आकर्षणका रुपमा चर्चित लोकदोहोरी गायिका टिका सानुकोे प्रस्तुति रहेको थियो। यसबाहेक धार्मिक पूजा, भजन-कीर्तन एवं तोरण तारण ताराण भएको थियो । दियो क्लबका अध्यक्ष हरि पंगेनीकोे अध्यक्षता भएको कार्यक्रमकोे प्रमुख अतिथिको रुपमा नगर प्रमुख तारा कुमारी काजी महतो रहनुभएको थियो ।

छरछरे मेलामा माडीका विभिन्न गाउँबाट तोरण टाँग्ने परम्परा रहिआएको छ।

हरेक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने यस पर्वमा भगवान विष्णुको पूजा-आराधना, भजन-कीर्तन र ब्रत गरी मनाइन्छ। एकादशीमा तुलसीको मोठ सजाएर फूलमाला लगाइदिने तथा तुलसी विवाह गरिदिने र छरछरे धाममा तोरण टाँग्ने धार्मिक परम्परा रहेको छ।

तपाईको प्रतिक्रिया

ताजा समाचार