कृषि र कृषक पोष्ट

कृषि विकास अधिकृत अनिल बस्यालद्वारा कृषकलाई निःशुल्क उन्नत बीउ वितरण (भिडियो सहित)

२४ कार्तिक, माडी । माडी नगरपालिकामा कृषि विकास अधिकृत पदमा कार्यरत अनिल बस्यालले व्यक्तिगत पहल र लागतमा किसानहरूलाई उन्नत बीउ वितरण गर्नुभएको छ।

माडी-३, बसन्तपुर बजार निवासी बस्यालले २५ बिगाहा क्षेत्रफलका लागि २,४०० केजी गहुँको उन्नत बीउ र १५ बिगाहा क्षेत्रफलका लागि १५० केजी तोरीको उन्नत बीउ निःशुल्क वितरण गर्नुभएको हो।

बीउ उत्पादक कम्पनीसँग सहकार्य गर्दै वितरण गरिएको गहुँको बीउको बजार मूल्य करिब २ लाख ४० हजार रुपैयाँ र तोरीको बीउको मूल्य करिब ४५ हजार रुपैयाँ पर्ने उहाँले बताउनुभयो ।

यसअघि पनि उहाँले माडी नगरपालिका–२, ३ र ४ का किसानहरूलाई ५० बिगाहा क्षेत्रफलमा लगाउन पुग्ने २,२०० केजी धानको बीउ निःशुल्क वितरण गर्नुभएको थियो।

समयमै मल र बीउ नपाउने तथा कृषि यन्त्रहरूको महँगीका कारण सधैं मारमा पर्ने किसानहरूले निःशुल्क बीउ पाएपछि खुशी व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया

ताजा समाचार