माडी (स्थानीय) खबर पोष्ट

माडीको सामुदायिक विद्यालयमा पढेका सुवेदीले एमबिबिएस पूर्ण छात्रवृत्ति कोटामा नाम निकाल्न सफल

२५ कार्तिक, माडी । माडी माध्यमिक विद्यालयबाट बिज्ञान विषयमा दश जोड दुई (प्लस टु) उत्तीर्ण गरेका प्रतीक सुवेदीले एम.बि.बि.एस. प्रवेश परीक्षामा पूर्ण छात्रवृत्ति कोटामान खुलातर्फ नाम निकाल्न सफल भएका छन् ।

चिकित्सा शिक्षा स्नातक तह (एमबिबिएस) एकीकृत प्रवेश परीक्षाको नतिजामा माडी-७, कीर्तनपुर निवासी सुवेदीले पूर्ण छात्रवृत्ति (खुला कोटा) तर्फ नाम निकाल्न सफल भएका हुन् ।

पूर्ण छात्रवृत्तिमा नाम निकालेसंगै माडी माध्यमिक विद्यालयले सुवेदीलाई सम्मान गरेको छ । मंगलबार विद्यालयमा आयोजिक एक कार्यक्रमबिच माडी नगरप्रमुख ताराकुमारी काजी महतो सहभागी रहँदै सुवेदीलाई सम्मान सहित शैक्षिक सफलताको कामना गर्नुभयो ।

ग्रामीण क्षेत्र मानिने माडीको सामुदायिक विद्यालयमै अध्ययन गरेर यो उपलब्धि हासिल गर्न सफल उनले यसअघि रामपुर कृषि क्याम्पसमा पनि प्रवेश परीक्षामा प्रथम स्थानमा नाम निकालेका थिए ।

तपाईको प्रतिक्रिया

ताजा समाचार