चितवन खबर पोष्ट

चितवन र नवलपुर जोड्ने नारायणी नदीमाथि बन्ने नयाँ पुलको डिजाइन स्वीकृत

२६ कार्तिक, माडी । चितवन र नवलपुर जोड्ने नारायणी नदीमाथि बन्ने नयाँ पुलको डिजाइन स्वीकृत भएको छ । सडक विभाग अन्तर्गतको पुल महाशाखाले ‘केबल-स्टेड’ प्रविधिमा बन्ने पुलको डिजाइन स्वीकृति दिएको हो ।

सडक विभाग अन्तर्गतको पुल महाशाखाका इन्जिनियर अमितकुमार बर्माका अनुसार पुल ४२० मिटर लामो हुनेछ, जसमा चार पिलर रहने छन् । यो दुई लेनको पुल हुनेछ, एक लेनमा फुटपाथ रहनेछ र भविष्यमा तीन लेनमा विस्तार गर्न सकिने गरी डिजाइन गरिएको छ ।

पुल निर्माणका लागि २०८० जेठ १९ गते तुँदी कन्स्ट्रक्सन प्रालिसँग १ अर्ब ६८ करोड रुपैयाँमा सम्झौता भएको थियो । डिजाइनमा ढिलाइ हुँदा अब मंसिरदेखि निर्माण सुरु हुने भएको छ ।

यो नेपालमा कर्णाली पुलपछि बन्ने दोस्रो ‘केबल–स्टेड’ प्रविधिको पुल हो । ठुलो बाढी र पानीजहाज सञ्चालनलाई ध्यानमा राखी करिब २०० वर्ष टिक्ने गरी डिजाइन गरिएको छ । हाल नारायणी नदीमा २०३७ सालमा बनेको पुल जीर्ण अवस्थामा छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार