२७ कार्तिक, माडी । माडी–७, किर्तनपुरस्थित कल्याणपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा भीमबहादुर के.सी. क्षेत्री पुनर्चयन हुनुभएको छ ।
उपभोक्ता समितिको अधिवेशन निर्वाचन मण्डल सहित सर्बपक्षीय बैठकले बिहीबार अध्यक्ष पदमा निवर्तमान अध्यक्ष के.सी.लाई नै चयन गर्दै अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो ।

जेनजी युवाहरुको पहल र दबाबबिच बसेको सो बैठकबाट उपाध्यक्षमा यमनाथ सुवेदी, सचिवमा मनकुमारी धिताल, सहसचिवमा डिल्लिराम अधिकारी र कोषाध्यक्षमा भोजराज आचार्य चयन हुनुभएको छ ।

त्यस्तै, सदस्यहरुमा राजेन्द्रमान श्रेष्ठ, सुर्यबहादुर खड्का, कृष्णबहादुर कार्की, साबित्री जि.सी., बुद्धिमाया तामाङ र पार्वती घर्ती क्षेत्री चयन हुनुभएको छ भने बब्ली के सार्कीलाई सदस्य मनोनित गरिएको छ ।
यसबाहेक लेखा संयोजकमा खेमानन्द सुवेदी र सदस्यमा मिरन दनुवार तथा अनुगमन समिति संयोजकका प्रकाशचन्द्र चापागाईं र सदस्यमा सन्तोष अधिकारी चयन हुनुभएको निर्वाचन मण्डलले जनाएको छ ।
गतबर्ष फागुन ७ गते अघिल्लो कार्यसमिति विघटन भई अधिवेशन अगाडि बढेकोमा विवाद र माडी नगरपालिकाको न्यायिक निकायमा फैसलामा ढिलाई हुँदा कार्यसमिति गठन प्रक्रिया विगत ८ महिनादेखि अवरुद्ध रहेको थियो ।

