२७ कार्तिक, माडी । भरतपुर-१, नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा सर्टपुटतर्फ माडीका खेलाडी ललित राउतले स्वर्णपदक जित्नुभएको छ ।
खुला पुरुषतर्फ १६ पाउण्डको सर्टपुट ११ मिटर ४० सेन्टिमिटर थ्रो गर्दै राउत प्रथम हुनुभएको हो । माडी-६, कल्याणपुर निवासी राउत सर्टपुटका राष्ट्रिय पदकधारी खेलाडी र कल्याणपुर युथ क्लबका अध्यक्ष समेत हुनुहुन्छ ।

यसअघि मकवानपुरको हेटौँडामा सञ्चालित बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा पनि राउतले सर्टपुटमै स्वर्णपदक जित्नुभएको थियो । त्यस्तै, चितवनमै सञ्चालित अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा उहाँले एथलेटिक्समा प्रथम स्थान हासिल गर्नुभएको थियो । (पार्श्व तस्वीर: खेलाडी राउतको फाइल फोटो)


