२७ कार्तिक, माडी । नारायणगढस्थित नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा महिला सर्टपुटतर्फ माडीका खेलाडी अनिशा महतोले स्वर्णपदक जित्नुभएको छ ।
माडी-१, बरुवास्थित सोमेश्वर माध्यमिक विद्यालयबाट खुला महिलातर्फ सहभागी रहनुभएका (छात्रा) महतोले ८ पाउण्ड तौलको सर्टपुट ७ मिटर ७ सेन्टिमिटर थ्रो गर्दै प्रथम हुनुभएको हो ।

यसअघि, टिकौली देखि नारायणी नदी किनारसम्मको रोड रेश दौड) प्रतियोगितामा सोमेश्वर माध्यमिक विद्यालयबाटै सहभागी रहनुभएका सोनम बोटले रजत (दोश्रो) पदक र रोशनी महतोले सान्त्वना (चौथो) स्थान हासिल गर्ने सफलता पाउनुभएको थियो ।

बिहीबार सर्टपुटमा स्वर्ण पदक जित्नुभएका प्रतिभाशाली खेलाडी महतोले गतबर्ष बरुवामा सञ्चालित माडी नगरस्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १०० मिटर दौड, ज्याभलिन थ्रो र सर्टपुटमा गरी एक्लैले ३ वटा स्वर्ण पदक जित्नुभएको थियो ।

