चितवन खबर पोष्ट

एमालेको ११ औँ महाधिवेशनका लागि माडीका नेताद्वय रामप्रसाद न्यौपाने र सरस्वती बिष्ट प्रतिनिधि छनौट

१५ मंसिर, माडी । नेकपा एमालेको आसन्न ११ औँ केन्द्रीय महाधिवेशनका लागि माडीका नेताद्वय रामप्रसाद न्यौपाने र सरस्वती बिष्ट प्रतिनिधि छनौट हुनुभएको छ ।

माडी क्षेत्र समेट्ने चितवन निर्वाचन क्षेत्र नम्बर-३ बाट ६ जना प्रतिनिधि सर्वसम्मत चयन हुने क्रममा खुल्ला तर्फबाट एमाले चितवनका पूर्वअध्यक्ष समेत रहनुभएका रामप्रसाद न्यौपाने र महिला क्लस्टरमा नेतृ सरस्वती विष्ट प्रतिनिधि चयन भएका हुनुभएको हो ।

उहाँद्वय बाहेक चितवन-३ बाट खुलातर्फ प्रकाश ढुङ्गाना र कृष्णप्रसाद भुर्तेल, महिलातर्फ निशा अधिकारी एवं युवातर्फ प्रकाश भट्ट प्रतिनिधि बन्नुभएको छ । आउँदो मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा महाधिवेशन हुन लागेको हो ।

महाधिवेशनका लागि चितवन क्षेत्र नम्बर-१ बाट खुलातर्फ एमाले चितवन अध्यक्ष कमलराज पाठकसंगै यादवप्रसाद पाठक, गोविन्दप्रसाद कँडेल र जगन्नाथ आचार्य, महिलातर्फ चन्द्रदेवी तामाङ, शान्ति चौधरी र विमला दुवाडी एवं युवातर्फ उत्तम सेढाईं चयन हुनुभएको छ ।

चितवन क्षेत्र नम्बर-२ बाट खुल्ला तर्फ डा.तिलचन्द्र भट्टराई, तेजेन्द्रबहादुर खड्का, शङ्कर अधिकारी, केशव लामा र पद्मपाणि सुवेदी, महिलातर्फ विमला लामा, इच्छा त्रिपाठी र गीता श्रेष्ठ रहेका एवं युवा क्लस्टरमा प्रकाश आचार्यलाई प्रतिनिधि बनाइएको छ । दलित क्लस्टरबाट श्यामलाल वि.क. जिल्ला प्रतिनिधि चयन हुनुभएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार