ईलाका प्रशासन कार्यालय माडीद्वारा हालसम्म कुल ३२६० नागरिकता बितरण

655
SwadeshPost

ईलाका प्रशासन कार्यालय माडीले सेवा सुचारु भएदेखि हालसम्म कुल ३२६० वटा नागरिकता बितरण गरेको जनाएको छ । वितरित नागिरकतामा बंशजका आधारमा ३२३६, अंगिकृत ३ र बैबाहीक अंगिकृत २१ रहेको छ ।

यस्तै, नागरिकताको प्रतिलिपी लिनेहरुमा १०४१, आदिवासी जनजाती, दलित तथा मधेसीको सिफारिस लिने ११२ र नाबालक प्रमाणपत्र लिनेमा ९ जना रहेको ईलाका प्रशासन कार्यालयका प्रमुख गणेश प्रसाद भट्टराईले जानकारी दिनुभयो । २०७३ साल असार २२ गतेबाट सेवा सुचारु गरेको ईलाका प्रशासन कार्यालयले नागरिकता ऐन २०६३ को अधिनमा रही बंशजका आधारमा नागरिकता बितरण गरेको उहाँले जनाउनुभयो ।

यस्तै, गतवर्ष बाँदरझुलामा घुम्ती शिविर सञ्चालन गरि ७२ जनालाई नागरिकता वितरण गरिएको र यस वर्षपनि माडीका विकट ठाउँमा घुम्तिशिबिर लैजाने योजना रहेको प्रशासन प्रमुख भट्टराइले स्वदेश एफ.एम. तथा स्वदेशपाेष्ट अनलाइनलाई जानकारी दिनुभयो । यद्दपि २०६३ मा जन्मका आधारमा नागरिकता लिएकाका सन्तानहरुलाई, बाबु नखुलेकाहरुलाई र नेपाली महिलासंग बिहे गरेर आएका विदेशीहरुलाई भने कानुनको अभावले नागरिकता वितरण गर्न नसकिएको उहाँको भनाई छ ।

SwadeshPost