माडीमा पहिलोपटक मार्किङ र ग्रेडिङ प्रणाली अनुसारकाे नतिजा प्रकाशन

529
SwadeshPost

नेपालको राष्ट्रिय परिक्षा बोर्डले ग्रेडिङ प्रणाली अनुसार नतिजा सार्वजनिक गरेसंगै माडीका केहि विध्यालयहरुले समेत पहिलोपटक सो प्रणाली अनुसारकाे नतिजा प्रकाशन गरेका छन् । पिसल्याण्ड इङ्लीस सेकेण्डरी स्कुलले आज पहिलोपटक प्रथम त्रैमासिक परिक्षाको नतिजा ग्रेडिङ प्रणाली मार्फत प्रकाशित गरेको हो । आज अभिभावकहरुको उपस्थितिमा पहिलोपटक मार्किङ र ग्रेडिङ प्रणाली मार्फत सार्वजनिक गरिएको हो ।

मार्कसिटमा अभिभावकहरुको हाजिरी समेत प्रयोग गरिएकोे छ । नतिजामा विध्यार्थीहरुको अतिरिक्त कृयाकलापलाई समेत मुल्याङ्कन गरिएको पिसल्याण्ड इङ्लिस स्कुलका प्रिन्सिपल माधव पोख्रेलले बताउनुभयो । अघिल्लो वर्षभन्दा नतिजा केहि सुधार भएको भएतापनि अझै सन्तुष्ट भने नभएको र विध्यालयको शैक्षिक प्रणालीलाइ सुधार गरी अब्बल नतिजा निकाल्न हरदम प्रयासरत रहेको समेत उहाँले जानकारी दिनुभयो ।

त्यस्तै, आज दिवाकर मेमोरियल स्कुल रमाइलोडाँडाले समेत नतिजा प्रकाशित गरेको छ । विध्यालय मर्ज भएयता शैक्षिक गुणस्तरमा वृद्धि भएपनि अझै विधार्थी, अभिभावक र शिक्षकहरुबिच अन्तरक्रिया गरि अघि बढिने दिवाकर मेमोरिएल स्कुलका सहायक प्रधानाध्यापक जनकराज भुषालले बताउनुभयो । दिवाकर मेमोरियल स्कुल, रमाइलोडाँडा, निम्न माध्यामिक विध्यालय र कालिका आधारभुत विध्यालय मर्ज भइ बनेको दिवाकर मेमोरियल स्कुलले आज ग्रेडिङ प्रणाली मार्फत नतिजा प्रकाशन गरेको हो ।

SwadeshPost