माडी नगरपालिका वडा नं. ३ को कार्यालय बसन्तपुर बजार दिवाकर चोकमा

509
SwadeshPost

माडी नगरपालिका वडा नं. ३ को वडा कार्यालय बसन्तपुर बजारको दिवाकर चोकमा सरेको छ । माडी नगरपालिका स्थापना भएसंगै बसन्तपुरको पुल्चोक पारी बघौंडा गाउँ जाने बाटोमा स्थापना गरिएको वडा कार्यालय आज औपचारिक रुपमा बसन्तपुर बजारको दिवाकर चोकमा सरेको हो । चोकमा रहेको प्रतिक्षालयको माथिल्लो तल्लामा हालै निर्माण पुरा भएको भवनमा वडा कार्यालय सरेको हो ।

वडा कार्यालय बसन्तपुरको मुख्य चोकमा सरेसंगै वडा नं. ३ का सेवाग्राहीहरुलाई सेवा लिन सहज हुने विश्वास गरिएको माडी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष पुरन महतोले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।आज वडा कार्यालय सारिएको र भोलिसम्म भित्री साजसज्जा एवं भौतिक व्यवस्थापन पुरा गरी आइतबारबाट नियमिति सेवा प्रदान गरिने वडाध्यक्ष महतोले जनाउनुभयो । सेवाग्राहीहरुलाई वडाको कामको लागि सिधै बसन्तपुर बजार आउनपनि उहाँले सुचित गर्नुभएको छ ।

SwadeshPost